नेकपा (माओवादी केन्द्र)को तनहुँको संयोजकमा आले
तनहुँ | भदौ १३, २०७९
नेकपा (माओवादी) केन्द्र तनहुँको संयोजकमा ओमराज आले चयन हुनुभएको छ । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको आज सम्पन्न बैठकले आलेलाई जिल्ला संयोजकमा चयन गरेको हो । आले यसअघि पार्टीको गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुनुहुन्थ्यो । यसअघिका जिल्ला संयोजक राजेन्द्रकेशरी न्यौपाने पार्टीको वैकल्पिक केन्द्रीय सदस्य चयन भएपछि आलेलाई संयोजकको जिम्मेवारी दिइएको हो ।
बैठकले निर्वाचन क्षेत्रीय कमिटी र पालिका कमिटीका संयोजक र इन्चार्जहरु पनि तोकेको छ । यसैगरी नेकपा (एकीकृत समाजवादी) तनहुँको अध्यक्षमा श्रीराम कार्की चयन हुनुभएको छ । सो पार्टीको आज सम्पन्न विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।
यसअघिका अध्यक्ष शङ्करनारायण श्रेष्ठ पार्टीको केन्द्रीय सदस्य चयन भएपछि सचिव रहेका कार्की अध्यक्षमा पदोन्नति हुनुभएको हो । पाटीको केन्द्रीय सर्कुलर अनुसार केन्द्रीय कमिटीमा रहेका सबैले जिम्मेवारी हस्तान्तरण गर्ने निर्देशन अनुसार जिल्ला श्रेष्ठ जिल्ला कमिटीबाट बिदा हुनुभएको हो । बैठकले जिल्ला कमिटीको उपाध्यक्षमा मनुमाया श्रेष्ठ र थमन आले, सचिवमा दुर्गाकुमार श्रेष्ठ, उपसचिवमा ऋषीराम पन्त, गजिन्द्रराज पन्थ र नरबहादुर रानाभाटसहित एक सय १५ सदस्यीय जिल्ला कमिटी पुनःगठन गरेको छ ।
फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ। अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...
नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि ६ मार्की खेलाडी चयन गरिएको छ। अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

